Home » » डोटेली भाषाको चलचित्र 'गौरी'

डोटेली भाषाको चलचित्र 'गौरी'

सधै अन्य भाषाका चलचित्र हेर्दै आएका सुदूरपश्चिमेलीले आफ्नै डोटेली भाषाको चलचित्र हेर्न पाएका छन् । निर्माता खडक मल्लले निर्माण गरेको चलचित्र गौरीमा आफ्नै परिबेश आफ्नै भाषा, र संस्कृति हेर्न पाएका छन् ।

चलचित्रको शुरुवात गौरा 'सुदूरपश्चिमको प्रमुख पर्ब'को राम 'रमिता' हेर्न गएकी कान्छी खत्रीनीबाट शुरु हुन्छ ।  राम हेर्दा हेर्दै व्यथाले च्यापेपछि उनले छोरीलाई जन्म दिन्छिन । जसको नाम गौरी राखिन्छ । गौरीको जीवन १७ बर्षको उमेर एउटा यस्तो मोडमा पुग्छ । उनी बुवा कान्छो खत्रीले लिएको ऋणमा बन्धकी हुन्छिन ।  जुंगे ठालुबाट लिएको ऋण तिर्न नसकेपछि गौरीलाई काम गर्न पठाउछन, कान्छा खत्री । तर गौरी जुंगे ठालुकहाँबाट भागेर शंकरसंग जान्छिन् ।

नायक शंकरले गौरीलाई भगाएर लगेपछि जन्तीमाथि जुंगे ठालुले आक्रमण गर्छन । त्यतिबेला गाँउलेले शंकर र गौरीलाई साथ दिन्छन । जुंगे ठालु एक्लै हुन्छन । सामाजिक एकताका अगाडि उनले घुडा टेक्नुपर्छ । गाँउका जनतासंगै मिलेर आफ्नो जीवन बिताउने प्रतिबद्धता गर्दै जुंगे ठालुले जीवनको उत्तराद्र्धमा आफूलाई सुधारेका छन् ।  अन्त्यमा सामाजिक एकताको आह्वान गरेर कथा टुंगिएको छ ।

गौरीको पुरै कथा गौरी, नायक शंकर, जुंगे ठालु, कान्छो खत्रीका वरिपरि घुमेपनि सुदूर पश्चिमको भाषा, संस्कृति, परम्परा, छाउपडी प्रथा,कुमारी प्रथा, जातीय छुवाछुत, साहु र ऋणीबीचको द्धन्द ठालु प्रथा गौरीमा समेटिएको छ । गौरीमा बैतडी,डोटी र अछामी गरी तीन भाषाको प्रयोग गरिएको छ । जुंगे ठालु र उनको छोरा जंगेले सोझा साझा गाँउलेमाथि गरेको अन्याय र अत्याचार पनि गौरीमा देखाईएको छ । गौरी हेर्ने मान्छे नरुने कोही हुने छैन । कथाकार तथा निर्माता मल्लको दावी थियो, तीन वटा दृष्ययस्ता छन,जो हेरेपछि दर्शकको मन थामिदैन । आफैले लेखेको कथा, र त्यसैमा आधारमा आफैले बनाएको टेलिचलचित्र हेरेर आफै रोएको मल्लले सुनाए ।

बाले ऋण तिर्न नसक्दा १७ बर्षिय गौरीलाई जुंगे ठालुले लैजान खोज्दाको क्षण र उनलाई जन्तीमा अन्माउन लाग्दाको क्षणले दर्शकलाई रुवाई छाड्छ । गौरीले जुंगे ठालुको घरमा काम गर्दाका  ठाडेभाकामा व्याकराउण्डमा गुञ्जिएका गीतले पनि दर्शकहरुलाई भावुक बनाउछ ।  गौरीको कुनै चलचित्रसंग तुलना हुनसक्दैन । किनकी डोटेली भाषामा अहिलेसम्म बनेको यो पहिलो टेलिचलचित्र हो । सुदूर पश्चिमकै भाषा,भेष, संस्कृति र परम्परा बोल्ने गौरी बनाउदा मल्लले कम सास्ती खेप्नु परेन । तर डोटेली भाषाको पहिलो चलचित्र बनाउन पाउदा उनले सबै दुःख र पीडा बिर्सिएको बताए ।

कलाकारितामा नवप्रबेशी प्रितम कठायत नायक शंकरको भुमिकामा छन् । केही गीतमा मोडल भएर काम गरेसकेकी चाँदनी मल्लले नायिका गौरीको भूमिका निर्बाह गरेकी छन् ।
खलनायकमा जुंगे ठालुका नाममा डिल्लीसिंह थापाको भूमिका सशक्त छ । जुंगे ठालूका नाममा देखिएका थापाले आफ्नो भूमिका प्रति न्याय गरेका छन् ।  गौरीमा छत्र मल्ल, तिर्थ बम, दल बहादुर बोगटी, पबित्रा बोगटी, जानकी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

२०६४ असार १ मा छायांकन शुरु भई २०६५ बैशाखमा सम्पन्न भएको गौरी २ घण्टा १५ मिनेट लामो छ । ६ लाख रुपैयाको लागतमा निर्माण भएको गौरीका निर्माता र कथाकार खडक मल्ल स्वयमले पूजारीका रुपमा अभिनय गरेका छन् ।
Share this video :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2013. Nepali Filmy News Songs - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger