चलचित्र रिलिज हुनुपूर्व नायक-नायिका र निर्माता(निर्देशकको चुरिखुरी निकै हुनेगर्छ । टेलिभिजन'प्रोमो' र अनलाइनको विज्ञापन हेर्दा लाग्छ यो चलचित्र बबाल छ । जसरी पनि हेर्नु पर्छ यसमा चाँही केहीन केही अवश्य छ है अरु चलचित्र जस्तो होइेन जस्तो लाग्छ ।
दर्शक प्रोमो र बिज्ञापनकै आशामा हल सम्म गएर महँगो टिकट खरिद गर्न वाध्य हुन्छ । अफसोच दुई घण्टाको समय पनि ति दर्शकले हलमा बिताउन सक्दैनन यसको कारण लेखिरहनु आवश्यक पनि छ जस्तो लाग्दैन किनकी सबैलाई थाहा भएकै कुरा हो । आकर्शक प्रोमो शुन्य चलचित्रको कथा । यसै सन्दर्भमा गत शुक्रबार देखी रिलिजमा आएको ३ चलचित्र 'ग्याम्बलर', 'दुई दुना पाँच' र 'करामत'ले आफ्नो क्षमता अनुसार ब्यापार गर्ने आशा राखेकै थियो तर आशा भने निराशामा परीणत भएको छ ।
पछिल्लो समयमा चलचित्रमा टाउको बिक्ने गरेको छ भने मौलिक धारको चलचित्र भन्दा सेक्स केन्द्रित चलचित्र बिक्ने गरेको छ । तर यसको अर्थ सेक्स केन्द्रित र अस्लील चलचित्र बनाउनु पर्छ भन्ने होइन । माथिका ३ चलचित्रको उदाहरण किन प्रस्तुत गरिदैछ भने शुक्रबार रिलिज मध्य सबै भन्दा छिटो हलबाट उत्रेका नेपाली चलचित्रको लिस्टमा यि चलचित्रले अग्रसरता देखाए ।
वास्तवमा भन्नु पर्दा यि ३ चलचित्रले अत्यन्त लाजमर्दो व्यापार गरेका छन् । हालै नायक सुमन सिंहले आफ्नो चलचित्र र आफु सुपर हिट नभइनजेल सम्म विवाह नै नगर्ने औपचारिक घोषणा गरेका थिए । आउँदो चलचित्रले सफल हुन्छ कि भन्ने सोचै उनको थियो, तर यस पटकका चलचित्रबाट पनि सुमन सफल नायकको सुचिमा अटेनन् ।उनको लिड रोल रहेको चलचित्र 'करामत'को कन्तबिजोक नै भएको छ । रिलिज भएको भोलीपल्टै ३५ मध्ये आधाभन्दा बढी हलबाट चलचित्र 'आउट' भएर चलचित्रले लज्जास्पद रेकर्ड कायम गरेको छ । 'करामत' दिनेश पौडेल निर्देशित चलचित्र हो । सो चलचित्रमा सुमनलाई एक्सन भूमिका उतारिएको छ । तर दर्शकले सुमनको रोल मात्र होइन, चलचित्रलाई नै 'रेड कार्ड' देखाइदिएका छन् । सोही कारण उनको फ्लप चलचित्रको सुचिमा करामत पनि परेको छ ।
वितरक सुनिल मानन्धरले 'करामत'को व्यापार टिपोट लायक नभएको अभिव्यक्ति दिएका छन् । वितरकले नै यस्तो तीतो यर्थाथ सुनाएपछि चलचित्रको व्यापार कति लज्जास्पद छ होला, सहजै अनुमान लगाउन सकिन्छ ।

0 comments:
Post a Comment