ए थ्री फिल्मस्को ब्यानरमा चलचित्र ‘भाकल’को निर्माण हुने भएको छ । निर्माता माधव धितालले बनाउन लागेको यो सिनेमालाई बाबुराम ढकालले निर्देशन गर्न लागेका हुन् । नेपाली सिने क्षेत्रमा एउटा राम्रो र नेपालीपन बोकेको चलचित्र थपिने आशा निर्माणपक्षले गरेको छ ।
चलचित्रमा सुशान्त कार्की र स्वेता भट्टराई कलाकारको रुपमा पक्का भएका छन् । चलचित्रमा रामशरण उप्रेतीको छायांकन, वसन्त सापकोटाको संगीत, प्रकाश पुरीको लेखन, विपिन मल्लको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, कविराज गहतराजको नृत्य रहने बताइएको छ । चलचित्रमा एलिसा लामा बालकलाकारको रुपमा देखिने छिन् ।
चलचित्र ‘भाकल’ विशुद्ध नेपालीपन बोकेको सिनेमा भएको भन्दै निर्देशक बाबुराम ढकालले उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने दाबी गरे । चलचित्रको शुभमुहुर्त समारोहमा एमालेका नेता प्रदिप नेपाल उपस्थित भएका थिए ।

0 comments:
Post a Comment